लमही । दाङ देउखुरीमा वन डढेलो रोकथामका लागिस चेतना अभियान थालिएको छ । डिभिजन वन कार्यालय लमहीले डढेलो रोकथामका लागि सचेतना अभियान थालेको हो ।
डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेले बताए ।
सो कार्यक्रम अन्तर्गत गाउँ–गाउँमा सचेतना सामग्री वितरण, माइकिङ, रेडियोबाट सूचना सामग्री प्रसारण, पोस्टर टाँस्ने, फायरलाइन (अग्नि रेखा) सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउने लगायतका कार्य गर्ने उनले बताए ।
हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको लाग्ने अवधि भनेर चिनिन्छ । प्रायः यो अवधिमा डढेलोको प्रकोप देशैभर अत्यधिक बढ्ने गरेको छ । यसरी हरेक वर्ष लाग्ने डढेलोले वन सम्पदा र धनजनको ठूलो क्षति हुने गर्छ ।






गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
गणेशलाई न्याय दिलाउन नेपाल दलित संघकाे माग
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
कविता : सरकार मलाई पनि जलाएर मार !
कविता : आगोको प्रश्न
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन