काठमाडौं : टोखा नगरपालिकाको आयोजनामा दलित समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक सशक्तीकरण तथा समुदायबीचको अन्तरघुलन प्रवर्द्धन गर्ने उद्देश्यले एकदिने “दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी कार्यक्रम” सम्पन्न भएको छ।
टोखा नगरपालिका वडा नं. ८ काे सभाहल बानियाँटारमा आयोजित कार्यक्रमको उद्घाटन टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी र उप प्रमुख मुरारि तनमाङले संयुक्त रुपमा गर्नुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले जातीय विभेद तथा छुवाछूत अन्त्य गरी समावेशी र समानतामूलक समाज निर्माणका लागि टाेखा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले समुदायबीचको सद्भाव, सहकार्य र अन्तरघुलनलाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा दलित समुदायको उत्थान, सामाजिक समावेशीकरण, अन्तरघुलनको महत्व, जातीय विभेद तथा छुवाछूत अन्त्यका उपाय तथा मानवअधिकारसम्बन्धी विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।
सहभागीहरूले समाजमा अझै विद्यमान विभेदजन्य व्यवहार अन्त्य गर्न स्वयं व्यक्तिले आफैबाट व्यवहार परिवर्तन गर्नुपर्ने र राज्य, समुदाय र नागरिक समाजबीच संयुक्त पहल आवश्यक रहेको बताएका थिए।
कार्यक्रमको सहजीकरण अधिवक्ता पुरुषाेत्तम पाण्डे र मानवअधिकारकर्मी एवं पत्रकार मिलन कार्कीले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूलाई दलितहरुकाे उत्थान र दलित गैरदलितबिच अन्तरघुलका उपाय, कानुनी व्यवस्था, मानवअधिकार, सामाजिक न्याय तथा विभेदमुक्त समाज निर्माणका विषयमा जानकारी प्रदान गरिएको थियो।
टोखा नगरपालिकाका कार्यपालिका सदस्य सायरा परियारको संयोजनमा सञ्चालन भएको उक्त कार्यक्रमअन्तर्गत वडा नं. ८ मा पहिलो चरणको तालिम सम्पन्न भएको हो। बाँकी तीन वटा वडामा पनि यही प्रकृतिका एक–एक दिने कार्यक्रम सञ्चालन गरिने कार्यपालिका सदस्य सायरा परियारले जानकारि दिनुभयाे।

कार्यक्रममा दलित तथा गैरदलित समुदायका महिला,पुरुषहरुकाे उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले सामाजिक चेतना अभिवृद्धि गर्न, विभेदविरुद्ध आवाज उठाउन तथा समुदायबीच आपसी विश्वास र सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
कार्यक्रमको प्राविधिक सहयोग ए.आर.टी.एस. नेपाल (ARTS Nepal) तथा ए.आर.टि.एस. नेपाल प्रा.लि. ले गरेको थियो।
समाजमा समानता, सम्मान र सामाजिक न्यायको स्थापना गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।






दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा प्रदर्शन
रोशनी नेपालीको प्रश्न : ‘सरकार बादी समुदायले न्याय कहिले पाउँछ ?’
६१ दिनदेखि बालेन सरकारलाई प्रश्न गर्दैछिन दिपा
६० दिनदेखि माईतीघरमा दीपाको सत्याग्रह, देखेन बालेन सरकारले
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
विभेद विरुद्ध सचेतना कार्यक्रम