काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गरिएको छ।
मानव अधिकार तथा शान्ति समाजले तीन दशकदेखि सामाजिक न्यायका क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै सुन्दासलाई सो पुरस्कार प्रदान गरेको हो।
एक कार्यक्रमबीच सुन्दासलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरे। पुरस्कारको राशी १ लाख १० हजार रुपैयाँ छ।
सुन्दासले २०७४ देखि ७८ सम्म ४ वर्ष बहराइनका लागि नेपालको राजदुत रहेर काम गरेका थिए।
उनले सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका छन्। सुन्दासले २०७२ सालमा दलितमैत्री संविधानको लागि तीन महिने शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा नागरिक समाजको संयोजकको भूमिका समेत निर्वाह गरेका थिए।






‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा प्रदर्शन