पर्सा । पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका–३ शिकारीबास खोलाको कटान रोक्नका लागि तटबन्ध निर्माण अघि बढाइने भएको छ । खोलाको बहाव बढेर पुरानो शिकारीबास बस्ती कटान गर्न थालेपछि खोलामा तारजाली र बोरासहित तटबन्ध निर्माण गरेर कटान रोक्न लागिएको हो ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन पर्साका योजना प्रमुख एवं इञ्जिनियर राकेश साहले ठोरीको शिकारीबासमा डुवान र कटानको जोखिम बढेकाले कटान क्षेत्रमा रु १० मा तटबन्धसहित झालीको व्यवस्था गर्न लागिएको जानकारी दिए ।
‘शिकारी खोलाको कटानले बस्तीमा असर पार्न थालेकाले तटबन्ध गर्न लागेका हौँ’, उनले भने, ‘करिब रु १० लाख खर्र्चेर बस्ती जोगाउन यो पहल थालेका हौँ ।’ उनका अनुसार यहाँ ७० परिवार बसोबास गर्दछन् । यो बस्ती ठोरीको हुलाकीसडकबाट करिब छ किलोमिटर भित्री भागमा पर्दछ ।






किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !