कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार विरमान चौधरीले चुनावी अभियान तीव्र पारेका छन्।
उनले घरदैलो कार्यक्रममार्फत गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिरहेका छन्।
घरदैलो अभियानका क्रममा चौधरीले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार विकासलाई प्राथमिक एजेन्डा बनाएको बताएका छन्।

स्थानीय समस्याको स्थायी समाधानका लागि संसदमा बलियो आवाज आवश्यक रहेको उनको धारणा छ।
लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका चौधरी जनताको दुःख–सुख बुझ्ने र जनउत्तरदायी नेताका रूपमा परिचित छन्। उनले विगतमा भएका कमजोरी सच्याउँदै सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।
“कैलाली–३ का जनताको भरोसा नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” चौधरीले भने, “यो भरोसालाई कहिल्यै धोका नदिई जनताको पक्षमा काम गर्नेछु।”
चुनावी माहोल तातिँदै जाँदा कैलाली–३ मा उम्मेदवारबीचको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।
भिडियाे हेर्नुहाेस :






किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !