काठमाडौं । पशुपति क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १३८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
पाकेटमार्ने, उच्छृङ्खल गतिविधि गर्ने, धकेला धकेल गर्ने, गाँजा सेवन गर्ने गरी १३८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
शिवरात्रीको अवसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर पशुपति क्षेत्रमा सुरक्षा प्रदान गरिएको प्रहरीले बताएको छ । आइतबार बिहानैदेखि दशनार्थीहरूको पशुपति क्षेत्रमा घुइँचो छ ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड
हुम्लाको नेप्कामा भीषण पहिरो
फलफूलको रोगकिरा नियन्त्रण गर्न ‘जैविक झोल’ प्रयोग
कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान