धनगढी । कञ्चनपुरमा घरभित्रै एक पुरुषको हत्या भएको छ । दोधाराचाँदनी नगरपालिका–५ का ४५ वर्षीय लीलाराम सुनारको हत्या गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार सोमबार बिहान घरभित्र सुनार मृत फेला परेको जानकारी उनकै ३६ वर्षीया श्रीमती यशोदा सुनारले गराएकी थिइन् । सुनारको धारिलो हतियार प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्सपेक्टर थापाले बताए । सुनारको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको पाइएको छ ।
सोधपुछका लागि मृतककी श्रीमती यशोदालाई नियन्त्रणमा लिइएको थापाले बताए । उनका अनुसार घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।






भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
फोहरबाट रोजगारी र आम्दानी
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
रविले बोलाए सर्वदलीय बैठक
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
विभेद विरुद्ध सचेतना कार्यक्रम