बेपत्ता बालकको शव सुनकोशी किनारामा फेला


रामेछाप । रामेछाप बस दुर्घटनामा परी बेपत्ता भएका एक बालकको शव फेला परेको छ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिक सुनकोशी नदी किनारामा मन्थली नगरपालिका–२ पिप्लेका ९ वर्षीय कृचन तामाङको शव सोमबार भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार फेला परेको शवको सनाखत कृचनका ठूलोबुबा युवराज तामाङले गरेका हुन्।

यससँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। यसअघि तामाकोशी नदीमा खसेको बसमा सवार १२ जनाको शव फेला परिसकेको थियो।

दुर्घटना २७ माघमा मन्थली नगरपालिका–६ बेनीघाट पुल नजिक भएको थियो।

 

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ