काठमाडौं । मानबहादुर सुनारसँग मेरो चिनजान छैन् । तर सत्यसँग चिनजान छ । र त्यो सत्य भन्छ, गणतन्त्र प्राप्तिपछि पहिलोपटक महाकाली पारी, दोधारा–चाँदनीले आफ्नै सन्तानलाई उम्मेदवारको रूपमा पाएको छ ।
यो सामान्य घटना होइन। यो इतिहासको ढोका ढकढक्याएको क्षण हो। वर्षौं–वर्ष अभावमा बाँचेका, सीमामा हेपिएका, विकासका नक्सामा पछाडि धकेलिएका दोधारा–चाँदनीका जनताका लागि यो दुर्लभ अवसर हो ।
आफ्नै आवाजलाई संसदसम्म पुर्याउने, पार्टीको झण्डा होइन, अब पीडाको पहिचान हेर्ने बेला आएको छ । यसपटक कुनै दल होइन,
एकमत भएर मानबहादुर सुनारलाई मत दिने साहस गरौँ।
भीमदत्त नगरपालिकाका दाजुभाइ दिदीबहिनीहरू तपाईंहरूले पटक–पटक अरूलाई अवसर दिनुभयो, अरूलाई विश्वास गर्नुभयो, अब चाहिँ महाकाली पारिका नागरिकलाई पनि विश्वास गरौँ। मानबहादुर सुनार धन–दौलतले चम्किएका नेता होइनन्, उनी सादगीका प्रतीक हुन्।
दलित समुदायबाट प्रत्यक्ष उम्मेदवार बन्नु सामान्य कुरा होइन यो संघर्षको पदक हो, यो सम्मानको लडाइँ हो। हामीले भनिरह्यौँ, सबै बराबर हुन्। अब त्यो बराबरी मतपेटिकामा देखाऔँ। महाकाली पारी बनिरहेको सुख्खा बन्दगाह यदि मानबहादुरले जिते, त्यो केवल योजना होइन,
दोधारा–चाँदनीको भविष्य बन्नेछ।
मैले उनका आँखामा सत्ताको लोभ देखिनँ, मैले देखेँ विकासप्रतिको चिन्ता, आफ्नो माटोप्रतिको पीडा । यसपटक अवसर दिएर हेरौँ।
इतिहासलाई हामी आफैँले मोडौँ। यसपटक अवसर नगुमाऔँ।
मानबहादुर सुनारलाई जिताऔँ ।
महाकाली पारिको न्याय जिताऔँ।







बालेन सरकारको १०० बुँदे कार्यक्रममा हरवाचरवा उपेक्षित
एफएनसीसीआई कार्यकारिणी सदस्यमा सुनिता न्हेम्हाफुकीको उम्मेदवारी
‘सरी’ ले निकाे नहुने घाउ
लाश र माफीकाे राजनिती