काठमाडौं : अहिले ‘जान्नेलाई छान्ने’ नारासहित बनेको पार्टी रास्वपा नेतृत्वको सरकार सत्तामा छ र प्रधानमन्त्री बालेन्द्र साह (बालेन) नेतृत्वमा सुशासन तथा जवाफदेहितालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त हुँदै आएको छ।
तर माईतीघर मण्डलामा दलित अधिकारकर्मी दिपा नेपालीले ६१ दिनदेखि जारी राखेको ‘सरकार, कोठा खाली छ ?’ सत्याग्रहप्रति सरकारको औपचारिक प्रतिक्रिया नआउनुले सरकारको संवेदनशीलतामाथि प्रश्न उठ्न थालेका छन्।
बालेन सरकारका विश्वास पात्र गृहमन्त्री सुधन गुरुङले विभिन्न घटनामा सक्रिय रूपमा हस्तक्षेप गरेको सार्वजनिक रूपमा देखिए पनि, दिपा नेपालीको आन्दोलनमा हालसम्म प्रत्यक्ष चासो देखिएको छैन भन्ने टिप्पणी सामाजिक सञ्जाल र नागरिक वृत्तमा सुनिन थालेको छ। यद्यपि, यसबारे गृह मन्त्रालयले कुनै औपचारिक धारणा सार्वजनिक गरेको जानकारी छैन।
त्यसैगरी, दलित अधिकार र सामाजिक न्यायका विषयमा आवाज उठाउने विभिन्न राजनीतिक नेतृत्व र दलहरूमध्ये रास्वपा सभापति रवि लामिछाने पनि हालसम्म माईतीघर पुगेर अभियानमा ऐक्यबद्धता जनाएको सार्वजनिक जानकारी छैन। यद्यपि, उनले राज्यले दलितसंग माफि माग्नुपर्छ भन्दै संसदमा दलित सांसदहरुका सहानुभूति बटुलेका थिए ।
लेखक अध्येता सञ्जिव कार्की सामाजिक संजाल फेसबुकमा लेख्छन दिपा नेपालीलीले ‘सरकार ! कोठा खाली छ ?’ भन्ने नारासहित सामाजिक न्यायको पक्षमा सत्याग्रह जारि छ ।
दुई महिनाभन्दा लामो समयदेखि एउटी युवती सडकमा उभिएकी छिन्, आफ्ना लागि होइन, राज्यको ध्यानबाट ओझेल परेका नागरिकहरूको आवाज बोकेर ।
प्रश्न उठिरहेको छ । दिपाले रमिता देखाएकी हुन्, कि समाज र सरकारले रमिता हेरिरहेको हो ? समयले पक्कै जबाफ दिनेछ ।






लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी
९ बुँदे सहमतिपछि आन्दोलन रोकियो
सरकारको ज्यादती विरुद्ध माईतिघरमा प्रदर्शन (तस्विरहरु)
संविधान संशोधन बहसमा दलित मुद्दा
गणेश नेपालीकाे आत्मदाह प्रयासप्रति स्वतन्त्र दलित नागरिक समाजकाे ध्यानाकर्षण
दलित समुदायले सम्मानजनक थर राख्न पाउनुपर्छ : सचेतक परियार
संविधान संशोधन बहसमा दलितका सवालबारे पत्रकार भेटघाट हुँदै