काठमाडौं । बादी समुदायको चरित्रहत्या गरेको आरोप लगाउँदै चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै माइतीघर मण्डलामा जारी विरोध प्रदर्शन आज आठौँ दिन पनि निरन्तर जारी रहेको छ।
माइतीघरमा टेन्ट राखेर धर्नामा बसेकी अधिकारकर्मी रोशनी नेपालीले सरकारमाथि गम्भीर प्रश्न उठाउँदै भनिन्,
‘सरकार, दलितलाई न्याय कहाँ छ ? गरिब र कमजोरलाई न्याय कहाँ छ ? तिमी अभिभावक कहिले बन्ने ? कहिले तिम्रो न्यायपालिका निष्पक्ष र सफा बन्ने ? बादी समुदायको चरित्रहत्या गर्ने ‘लालीबजार’ फिल्म बन्द कहिले हुने ?’

प्रदर्शनकारीहरूले यसअघि पनि ‘बादी जातिको सम्मान कायम गर, लालीबजार फिल्म बन्द गर’ भन्ने नारासहित निरन्तर विरोध प्रदर्शन गरे पनि सम्बन्धित निकायले मागको सुनुवाइ नगरेको गुनासो गरेका छन्।

धर्नाका क्रममा रोशनी नेपालीले यो आन्दोलन कुनै एक समुदायको मात्र नभई सामाजिक न्याय र मानव मर्यादाको पक्षमा रहेको बताइन्।
उनका अनुसार,’यो न्यायको आवाज केवल बादी समुदायको मात्र नभएर सम्पूर्ण दलित समुदायको हो, सम्पूर्ण गैरदलित समुदायको हो र समाजका हरेक चेतनशील व्यक्तिको आवाज हो। आउनुहोस्, सबै मिलेर यो आवाजलाई एक बनाएर साथ दिऔँ।’

प्रदर्शनकारीहरूलाई भेटेर बुधबार पूर्व राजदुत डा.निर्मल बिश्वकर्मा,नेपाली कम्युनिस्ट पार्टीका नेता डा.मित्र परियार र दलित अधिकारकर्मी सुशील महराले एक्यवद्धता जनाउँदै चलचित्रले बादी समुदायको पहिचान र सम्मानमा आघात पुर्याएको दाबी गर्दै प्रदर्शन तत्काल रोक्न तथा समुदायको आत्मसम्मानको संरक्षण गर्न सरकारसँग माग गरेका छन्।
उनीहरूले सम्बन्धित निकायले शीघ्र संवाद र आवश्यक निर्णय नगरे आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी पनि दिएका छन्।






लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी
९ बुँदे सहमतिपछि आन्दोलन रोकियो
सरकारको ज्यादती विरुद्ध माईतिघरमा प्रदर्शन (तस्विरहरु)
गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल
गणेश नेपालीलाई न्याय देउ : प्रदिप परियार
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन