धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी बढेसँगै मतदाताहरूले स्पष्ट शब्दमा भनिरहेका छन्–“समग्र सुदूरपश्चिमकाे विकास र राष्ट्रिय राजनीतिमा प्रभावकारी हस्तक्षेप गर्न सक्ने नेता प्रेम बहादुर आलेको यहाँ विकल्प छैन।”
घरदैलो अभियानका क्रममा बस्ती–बस्तीमा पुग्दा स्थानीयवासीले विकास, प्रतिनिधित्व र आफ्ना भावनाको सम्बोधन हुने नेतृत्वको अपेक्षा व्यक्त गरेका छन्। उनीहरूको साझा गुनासो छ– “जितेर जानेहरूले बजेट त ल्याउलान्, तर हाम्रा भावना कसले बुझ्ने?”
स्थानीय मतदाताहरू यसपटक केवल जनप्रतिनिधि होइन, एक बलियो अभिभावकको खोजीमा रहेको देखिन्छ।
कैलारी गाउँपालिका-९ गदरियाका एक वृद्ध मतदाताले भने, “हामीलाई केन्द्रमा गएर दराे रुपमा हाम्रो क्षेत्रकाे विकासका लागि दृढतापूर्वक आवाज उठाउने नेता चाहिएको छ। त्यो सामर्थ्य प्रेम आलेमा छ।”
प्रचार अभियानका क्रममा उम्मेदवार आलेसँग भेटघाट गर्दा मतदाताहरूले विशेषगरी स्वच्छ खानेपानी,कालाेपत्रे सडक,तटबन्धन र बिधुतको अभावलाई प्रमुख समस्याका रूपमा उठाएका छन्।
“बाटाे खाल्डाखुल्डी भएकाे धुलाम्मे छ,बस्ति डुवान र खेत कटानकाे जाेखिममा छन्,पिउने स्वच्छ पानी छैन,” स्थानीय मतदाताहरूको यो पीडा सुन्दा आले भावुक बनेका थिए।
उनले मतदातालाई आश्वस्त पार्दै भने, “एस क्षेत्रका जनताको सामूहिक विकास र अधिकार नै मेरो प्राथमिकता हो। म पदमा रहँदा होस् वा नरहँदा, यस क्षेत्रको सुख–दुःखमा सधैँ साथमा छु र रहनेछु।” उनले ढुक्क हुनुहाेस यी समस्यालाई मैले समाधान गर्छु । एक पटक मलाई जिताएर हेर्नुहाेस म जनताकाे काम गरेर देखाउँछु । तपाईंहरुकाे शिर निहुरिन दिनेछैन उनले प्रतिबद्धता पनि व्यक्त गरे।
यस क्षेत्रमा एमालेका यज्ञराज ढुंगाना,नेपाली कांग्रेसका नर नारायण शाह, रास्वपा आनन्द चन्द,स्वतन्त्रका प्यारेलाल रानासहित उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्।
राष्ट्रिय राजनीतिमा रास्वपाको लहर चर्चामा रहे पनि कैलाली–५ मा भने प्रेमबहादुर आलेको व्यक्तिगत राजनीतिक पृष्ठभूमि, संघर्ष र प्रभाव नै मुख्य प्रतिस्पर्धी आधार बनेको देखिन्छ।
झण्डै दुई दर्जन कम्युनिस्ट घटकहरू मिलेर बनेको नेकपाका उम्मेदवार आलेले नेकपाका नेता–कार्यकर्तालाई समेत एकताबद्ध गरेर परिचालन गर्न सफल भएका छन्। उनीहरू यतिबेला आलेलाई जिताउन एकताबद्ध रूपमा सक्रिय छन्।
राजनितीलाई सधैं जनताकाे सेवाका रुपमा लियर राजनीतिमा प्रवेश गरेका आलेका लागि यो निर्वाचन केवल अंकगणितको प्रतिस्पर्धा मात्र होइन, सुदूरपश्चिमलाई तीन देशसंग जाेड्ने र धनगढीलाई देशकै नमुना शहरकाे रुपमा विकास गर्ने एउटा महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।






खानेपानी उपभोक्ता समितिका लागि तीन दिने क्षमता विकास तालिम