काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले धनुषा- १ मा प्रतिनिधिसभा सदस्यका लागि आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसके पनि निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।
पार्टीका अनुसार सार्वजनिक मत परिणामअनुसार यादव विजयी भए पनि हालसम्म प्रमाणपत्र हस्तान्तरण नगरिनु चिन्ताजनक विषय भएको बताइएको छ।
पार्टीले जारी गरेको प्रेस वक्तव्यमा निर्वाचन आयोग को २०८२ फागुन १८ गतेको बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको उल्लेख गरिएको छ।
उक्त निर्णयपछि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणना भई परिणाम घोषणा गरिएको पार्टीको भनाइ छ।
वक्तव्यमा आयोगले फागुन २२ गते मतगणना गरी परिणाम सार्वजनिक गर्न दिएको निर्देशनअनुसार प्रक्रिया पूरा भइसकेको अवस्थामा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन ढिलाइ गर्नु निर्वाचन प्रक्रिया र स्थापित विधिविपरीत भएको आरोप लगाइएको छ।
पार्टीले कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको व्यक्तिसँग सम्बन्धित भन्दै प्रमाणपत्र वितरण नगर्नु उचित नदेखिने जिकिर गरेको छ।
नेपाली कम्युनिष्ट पार्टीले संवैधानिक निकायका रूपमा रहेको निर्वाचन आयोग लाई विधिको शासन पालना गर्न तथा कुनै राजनीतिक दबाबमा नपरी निष्पक्ष रूपमा काम गर्न आग्रह गरेको छ। साथै न्यायालयले पनि कानून र विधिसम्मत ढंगले उचित निर्णय गर्ने विश्वास व्यक्त गरिएको छ।
पार्टीका निर्वाचन परिचालन समितिका सचिव गोविन्द आचार्य ले फागुन २५ गते जारी गरेको वक्तव्यमा यस्तो धारणा सार्वजनिक गरिएको हो।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड