काठमाडौँ : सुर्खेतमा १६ वर्षीया बालिका इनिसा विकमाथि भएको सामूहिक बलात्कार तथा जघन्य हत्या घटनाप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले गहिरो दुःख व्यक्त गरेका छन्।
प्रचण्डले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया जनाउँदै उक्त घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन्। उनले मृतक बालिका इनिसा विकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
उनले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।
यस्तो जघन्य अपराधमा संलग्न जो–कोहीलाई कानुनको दायरामा ल्याएर कठोर सजाय दिनुपर्ने उनको भनाइ छ।
सुर्खेतमा भएको उक्त घटनापछि देशभर न्यायको माग गर्दै विभिन्न स्थानमा प्रदर्शन र आवाज उठिरहेका छन्। बालिका इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनाले सामाजिक सञ्जालदेखि सडकसम्म व्यापक आक्रोश देखिएको छ।






कविता : सरकार मलाई पनि जलाएर मार !
कविता : आगोको प्रश्न
गणेश नेपालीलाई न्याय देउ : प्रदिप परियार
गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’