काठमाडौं : सुर्खेतकी १६ वर्षीया दलित बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको घटनाप्रति समता फाउण्डेशनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ।
फाउण्डेशनले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त अमानवीय घटनाको घोर भर्त्सना गरेको हो।
विज्ञप्ति अनुसार, सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बसोबास गर्ने इनिसा वि.क. को सामूहिक बलात्कारपछि हत्या भएको हो। मृतक इनिसा स्थानीय उषा बालवाटिका स्कुलमा अध्ययनरत थिइन्।
फाउण्डेशनले दलित समुदाय र विशेषगरी दलित महिलामाथि शृंखलावद्ध रूपमा भइरहेका यस्ता जघन्य अपराधहरूले समाजलाई त्रसित बनाएको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ: “यस प्रकारको अमानवीय र आततायी घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि कुनै पनि प्रकारको दबाब र प्रभावविना तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान अगाडि बढाई दोषी उपर हदैसम्मको कानूनी कारबाही गर्न समता फाउण्डेशन जोडदार माग गर्दछ।”
प्रहरीले हालसम्म चार जना आरोपितलाई नियन्त्रणमा लिइसकेको जानकारी आएको फाउण्डेशनले जनाएको छ। फाउण्डेशनका अध्यक्ष पदम सुन्दासद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकार तथा सम्बन्धित निकायलाई अपराधीलाई कडाभन्दा कडा सजाय दिलाउन आग्रह गरिएको छ।
विज्ञप्तिको अन्त्यमा फाउण्डेशनले मृतक इनिसा वि.क. प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोककुल आफन्तजनमा गहिरो समवेदना प्रकट गरेको छ।







रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड