थापाथलीको सुकुम्बासी बस्तीका ६ परिवार मात्रै सरकारको सम्पर्कमा


काठमाडौं : थापाथलीको सुकुमवासी बस्तीका ६ परिवार सरकारको सम्पर्कमा आएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार, बस्ती पूर्ण रूपमा खाली भएको र ६ परिवार सम्पर्कमा आएको छ ।

काठमाडौं महानगरपालिकाको नगरप्रहरीले आज थापाथलीको सुकुम्वासी बस्तीमा डोजर लगाएको थियो । ‘यहाँबाट आफू घरबारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रंगशालामा लगिएको छ,’ प्रधानमन्त्री बालेन्द्र साहको सचिवालयले भनेको छ ।

बस्तीका टहरा हटाउनुअघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगरीय प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ