धनुषा : तरंगिनी फाउन्डेसनको आयोजनामा धनुषा जिल्ला प्रहरी कार्यालय र धनुषाधाम नगर प्रहरी अधिकारीहरूसँग लैङ्गिक संवेदनशीलता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।

तरंगिनी फाउन्डेसनका परियाेजना संयाेजक विष्णु नेपालीले दिएकाे जानकारी अनुसार कार्यक्रममा लैङ्गिक हिंसा, हिंसा प्रभावित व्यक्तिहरूको अवस्था, आवश्यकता तथा उनीहरूप्रति सम्मानजनक, संवेदनशील र भेदभावरहित व्यवहार अपनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, लैङ्गिक हिंसासम्बन्धी उजुरीहरूलाई प्रभावित–केन्द्रित दृष्टिकोणका आधारमा प्रभावकारी रूपमा सम्बोधन गर्ने उपायबारे सहभागीहरूबीच अनुभव, अभ्यास तथा विचार आदानप्रदान भएको थियो।

कार्यक्रमको उद्देश्य प्रहरी अधिकारीहरूमा लैङ्गिक संवेदनशीलता अभिवृद्धि गर्नुका साथै हिंसा प्रभावित व्यक्तिहरूलाई सम्मानजनक, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्न आवश्यक ज्ञान, सीप र दृष्टिकोण विकास गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रमले हिंसा प्रभावितमैत्री सेवा प्रवाहलाई सुदृढ बनाउन, न्यायमा पहुँच सुनिश्चित गर्न तथा स्थानीय तह, सुरक्षा निकाय र अन्य सरोकारवालाबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।






लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी
९ बुँदे सहमतिपछि आन्दोलन रोकियो
सरकारको ज्यादती विरुद्ध माईतिघरमा प्रदर्शन (तस्विरहरु)
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
गणेशलाई न्याय दिलाउन नेपाल दलित संघकाे माग