काठमाडौं । कमला नदीमा निर्माण गरिएको अस्थायी बाँध बाढीले बगाउँदा सिरहा र धनुषा जिल्ला जोड्ने सडकखण्डमा आवतजावत प्रभावित भएको छ ।
पुल निर्माणस्थल नजिक ‘डाइभर्सन’भन्दा करिब ३०० मिटर अगाडि बनाइएको माटोको बाँध गएराति आएको बाढीले बगाएपछि सवारी सञ्चालन अवरुद्ध भएको हो । स्थानीय रामचन्द्र यादवका अनुसार बाँध भत्किएपछि सयौँ सवारीसाधन बीचमै अलपत्र परेका थिए । पछि स्थानीयवासीको सहयोगमा सवारीसाधनलाई पार गराइएको थियो ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले लगातारको वर्षाका कारण संरचनामा क्षति पुगेको जानकारी दिए । उनका अनुसार निर्माण व्यवसायीले तत्काल डोजर प्रयोग गरी माटो हालेर बाँध पुनर्निर्माणको काम थालेको छ र आवतजावत आंशिक रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको छ ।
हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त पुलको निर्माण भने लामो समयदेखि अलपत्र छ । २०६८ जेठमा पप्पु–लुम्बिनी जेभीसँग २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको पुल २०७१ मंसिरमै सम्पन्न हुनुपर्ने भए पनि हालसम्म निर्माण हुन सकेको छैन ।
तस्बिर : एआईले तयार पारेको हो ।






गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
गणेशलाई न्याय दिलाउन नेपाल दलित संघकाे माग
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
कविता : सरकार मलाई पनि जलाएर मार !
कविता : आगोको प्रश्न
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन