बल्खुको सुकुमवासी बस्तीमा चल्यो डोजर


काठमाडौं । काठमाडौँस्थित बल्खुको सुकुमवासी बस्तीमा पनि आज (शुक्रबार) बिहानदेखि सरकारले डोजर चलाएको छ।

बल्खुको नदीकिनार क्षेत्रमा बनाइएका घरटहरामा सहरी विकास मन्त्रालयले आज बिहानदेखि डोजर चलाउन थालेको हो।

पहिलो चरणमा सरकारले सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती हटाएको थियो।

अहिले दोस्रो चरणमा बल्खुस्थित नदी किनारका अव्यवस्थित बस्ती हटाउन थालिएको हो।

बस्ती हटाउँन सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली ठूलो संख्यामा परिचालन गरिएको छ ।

कडा सुरक्षा घेरामा वंशीघाट क्षेत्रका आधा दर्जन घरहरु डोजरले भत्काई सकेको छ ।

आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गरिने छ ।

 

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ