काठमाडौं । घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) ले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने भएको छ। संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र सुकुम्वासीहरूको घरमा डोजर चलाएर घरवारविहीन बनाएको विरोधमा नेकपा संयुक्त सडकमा उत्रिन लागेको हो।
नेकपा संयुक्तका केन्द्रीय प्रचार विभाग दामोदर अर्यालले भने, ‘नवनिर्वाचित बालेन सरकारद्वारा संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र बर्खायामको सुरुआतमा सुकुम्वासीहरूको घरमा डोजर चलाएर घरवारविहीन बनाएकोमा हाम्रो पार्टी असहमति प्रकट गर्दछ ।’
सरकारलाई खबरदारी गर्न वैशाख २३ गते १ बजे माइतीघरमा जम्मा हुन लागेको उनले बताए। माइतीघरमा उपस्थिति हुन पार्टीका कार्यकर्ता र आम जनसमुदायहरूलाई अपिल समेत गरेको छ।






गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
गणेशलाई न्याय दिलाउन नेपाल दलित संघकाे माग
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
कविता : सरकार मलाई पनि जलाएर मार !
कविता : आगोको प्रश्न
संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
संविधान संशोधनकाे बहस : दलितका सवालबारे विमर्श
संविधान संशोधनमा दलितकाे चासो
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन