आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ : अर्थमन्त्री


काठमाडौँ । बालेन सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेट निजी क्षेत्रमैत्री हुने बताएका छन्। बाह्रखरी मिडियाद्वारा आयोजित एक कार्यक्रममा उनले नेपालको अर्थतन्त्र अहिले नरेन्द्र मोदी नेतृत्वको भारतले सन् २०१४ तिरको अवस्थामा जस्तै रहेको उल्लेख गर्दै यसलाई ‘आर्थिक प्रस्थान बिन्दु’ भने।

उनले लगानीकर्ताका लागि नीतिगत स्थिरता, डिजिटलाइजेसन मार्फत सेवा सुधार र इमानदार व्यवसायीलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे। आगामी ७ वर्षभित्र प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पुर्‍याउने लक्ष्यसहित सरकारले आर्थिक रूपान्तरणमा जोड दिने उनको भनाइ छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ