बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम


बाँके । जलबायु परिवर्तन सम्बन्धी बिद्यालय स्तरमा सचेतना कार्यक्रम आज सरोकारवालासँग अन्तक्रिया गर्दै सुरु भएको छ।

बास नेपालको आयोजना तथा बैजनाथ गाउँपालिकाको सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रम बैजनाथ गाउँपालिकाका पाँच बिद्यालयमा लागू हुनेछ। आजको अनौपचारिक कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक र वडा अध्यक्षहरूसँग छलफल गरिएको थियो।

कार्यक्रमको उद्देश्य बढी भन्दा बढी बिद्यार्थी र उनीहरू मार्फत अभिभावकहरूलाई जलवायु परिवर्तन सम्बन्धी सन्देश प्रवाह गर्नु तथा सहभागी बिद्यालयलाई जलवायु मैत्री र हरित बिद्यालयको अवधारणाअनुसार अगाडि बढाउनु हो।

बैजनाथ गाउँपालिकाका सुर्योदय मावि, सुन्दर आधारभूत बिद्यालय, सिंह भवानी आधारभूत बिद्यालय, नेरामावि र गुरुवागाउँ माविमा असार मसान्तसम्म सञ्चालन हुने यस कार्यक्रममा ४०० सत्र चल्नेछ।

कार्यक्रममा विभिन्न बिद्यालयका प्रधानाध्यापक, शिक्षक तथा वडा नं. १ र ५ का वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।

बास नेपालको कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने बास नेपालका कार्यक्रम संयोजक शोभा थापा मगरले कार्यक्रम सञ्चालन गरेकी थिइन्।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ