बुटवल । बुटवलमा भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरू सरकारविरुद्ध सडकमा उत्रिएका छन् । उनीहरूले पर्याप्त तयारी र छलफलविना आफूहरूलाई उठिबास लगाउने गरी डोजर अभियान चलाइएको आरोप लगाएका छन् ।
प्रदर्शनकारीहरूले ‘डोजर आतंक बन्द गर’, ‘अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर’, ‘गाँसबासको व्यवस्था गर’, ‘गरिबलाई बाँच्न दे’, ‘डोजर होइन समाधान दे’, ‘गाँस, बास र कपासको सुनिश्चित गर’ तथा ‘बालेन सरकार राजीनामा दे’ लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।
रुपन्देहीको बुटवलसहित देवदह, तिलोत्तमा, सैनामैना, सियारी र शुद्धोधनलगायत क्षेत्रबाट भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरू प्रदर्शनमा सहभागी भएका छन् । राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्याली मिलनचोक, अस्पताल लाइन हुँदै ट्राफिक चोक पुगेर कोणसभामा परिणत हुने कार्यक्रम रहेको आयोजकहरूले बताएका छन् ।
रुपन्देहीमा भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित गरी ८० हजार बढीले विघटित भूमि समस्या समाधान आयोगमा निवेदन दिएका थिए । विघटित आयोगका रुपन्देही अध्यक्ष कुमार थापा मगरका अनुसार रुपन्देहीमा करिब एक लाख भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी रहेका छन् ।






‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा प्रदर्शन