बुटवलमा सुकुमवासीको प्रदर्शन


बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले बुटवलमा प्रदर्शन गरेका छन्।

नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा बुटवलसहित २२ भन्दा बढी जिल्लाबाट ठूलो संख्यामा सहभागीहरू आएका थिए। प्रदर्शनकारीहरूले राजमार्ग चौराहा, मिलनचोक, अस्पताल लाइन हुँदै ट्राफिक चोकसम्म जुलुस निकाल्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।

प्रदर्शनकारीहरूले सरकारले दशकौँदेखि बसोबास गर्दै आएका बस्तीहरूमा डोजर चलाएर उठिबास लगाएको आरोप लगाउँदै वैकल्पिक आवासको व्यवस्था नगरेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूका अनुसार यसबाट लाखौँ नागरिक प्रभावित भएका छन् र ठूलो मात्रामा मानसिक तनाव तथा असुरक्षा सिर्जना भएको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ