धनगढी । कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ ।
कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कबिन्द्रसिंह बोहराले शुक्रबार दिउँसो कैलारी गाउँपालिकास्थित घरमै नाम नखुलेको विषादी सेवन गरेको अवस्थामा आमा र छोरी भेटिएको बताए ।
मृतकका छोराले दुवै जनालाई उपचारका लागि धनगढीको कैलाली अस्पताल ल्याएका थिए तर उनीहरुको उपचारकै क्रममा मृत्यु भएको डीएसपी बोहराले बताए ।
उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






डा.जितेन्द्र परियार र संगिता रामलाई सम्मान
कानुन बुझ्दै, अधिकार खोज्दै मुक्त हरवा–चरवा समुदाय
नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार
लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण