धनगढी । अछाम घर भएकी एक बालिका भारतमा आफन्तबाटै बलात्कृत भएकी छन् । भारतको गुजरातस्थित सुरतमा रोजगारीगर्न गएका बुवाआमासँगै रहेकी अछामकी १२ वर्षीया बालिका बलात्कृत भएकी प्रहरीले जानकारी दिएको छ ।
झन्डै ४५ वर्षीय पुरुषलाई उनीमाथि बालत्कार गरेको आरोप लागेको छ । बालिका बलात्कार गर्ने पुरुष आफन्त नै रहेको बताइएको छ । भारतमै एक नेपाली पुरुषले बालिकालाई बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
बालिकामाथि करिब सात महिना पहिले बलात्कार भएको बताइएको छ । अहिले बालिकाको गर्भमा करिब ३३ हप्ताभन्दा बढीको बच्चा रहेको छ । बालिकाले आफूमाथि पटक पटक बलात्कार गरिएको बताएकी छन् ।’
आरोपित पुरुषको खोजी गर्न प्रहरीले पहल सुरु गरेको छ । नेपालभन्दा बाहिरको घटना भएको हुँदा र आरोपित पनि त्यही रहेको हुँदा उनलाई पक्राउ गर्न भारतीय प्रहरीसँग पनि अछाम प्रहरीले सहकार्य गरिरहेको छ ।






मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
विभेद विरुद्ध सचेतना कार्यक्रम
बाजुरामा ३५ परिवार विस्थापित, भेडीगोठमा आगजनी
फिलिपिन्समा शक्तिशाली भूकम्प,एसियाली देशमा सुनामीको चेतावनी
रविले बोलाए सर्वदलीय बैठक
हरवाचरवा पुनर्स्थापनामा ढिलाइप्रति आक्रोश
आजदेखि निजामती अस्पतालको सेवा विस्तार