काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ७.१३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७६५ अंकमा पुगेको छ ।
बजार बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १३२ कम्पनीको मूल्य घट्दा १०४ को बढ्यो भने ९ को स्थिर रह्यो । पुँजीकरणका आधारमा ठूला कम्पनीको मूल्य बढ्दा बजारमा यस्तो प्रभाव देखिएको हो ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ११ अर्ब ८ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको भयो । अन्य समूह सबैभन्दा धेरै २।९ प्रतिशत बढ्यो ।
त्यस्तै उत्पादन ०.१८, जीवन बीमा ०.८१, लगानी ०।७७, होटल तथा पर्यटन ०.०५ र बैंकिङ सेक्टर ०।०२ प्रतिशत बढे । विकास बैंक ०.१२, फाइनान्स ०।७१, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०।२८ र व्यापार समूह २.५१ प्रतिशत घटे ।
दुई कम्पनी गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र नेपाल ल्युब आयलको मूल्य १० प्रतिशत बढेको थियो । त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको मूल्य ८.९६, भूगोल इनर्जीको ८.४१ तथा नेपाल पुनर्बीमाको मूल्य ६.२८ प्रतिशत बढ्यो ।
त्यस्तै विन नेपाल लघुवित्तको ८.९७, राप्ती हाइड्रोको ६.६८, रिलायन्स फाइनान्सको ४.६१, छ्याङ्दी हाइड्रोपावरको ४.१७ र बोटलर्स नेपाल बालाजुको मूल्य ४.०४ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एचआईडीसीएल, एनआरएन इन्फ्रास्ट्रक्चर तथा सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।






‘प्रेम आले’ दु:खमा साथ दिने नेता हुन्
विकास र परिवर्तनको एजेन्डासहित घरदैलोमा वीरमान चौधरी
फागुन २१ को चुनावपछि नेकपा पहिलो दल बन्छ : प्रचण्ड
चुनावलाई सदाचार स्थापनाको महाअभियानका रुपमा लिनुपर्छ : प्रधानमन्त्री कार्की
उपभोक्तालाई आयल निगमले दियो कार्यालयबाटै ग्यास
मतदातालाई ढाँटेर राजनीति गर्न मेरो शैली होइन : प्रेम आले
यस्ता छन्, कैलाली-३ का उम्मेदवार विरमान चौधरीको प्रतिबद्धता
मतदाताको मन जित्दै विरमान चौधरी
एमालेका जयबहादुर लामा नेकपामा प्रवेश
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका बुवाको पशुपतिमा अन्त्येष्टि