सिरहा । नेपाली काँग्रेसका एक नेतासहित करिब एक सय नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गत स्थानीय निर्वाचननमा सिरहाको औरही नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका प्रत्यासी गंगाराम यादवले एक सय बढी कार्यकर्ताले काङ्ग्रेस छोडेर माओवादीमा प्रवेश गरेका हुन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा शनिबार औरही ४ इटाटारमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नवप्रवेशीलाई स्वागत गर्नुभएको थियो ।
गत स्थानीय निर्वाचनमा यो वडा माओवादी केन्द्रले जितेको थियो भने काङ्ग्रेस दोस्रो भएको थियो । आज माओवादी केन्द्र प्रवेश गर्नुभएका यादवले उक्त निर्वाचनमा ५२५ मत प्राप्त गर्नुभएको थियो । यो वडा यादव समुदायको बाहुल्यता भएको वस्ती हो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने बताउनुभयो । लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिनुभयो






लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी
९ बुँदे सहमतिपछि आन्दोलन रोकियो
सरकारको ज्यादती विरुद्ध माईतिघरमा प्रदर्शन (तस्विरहरु)
संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
संविधान संशोधनमा दलितकाे चासो