नयाँ बानेश्वरमा झडप, डीएसपी घाइते


काठमाडौं । नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित र प्रहरीबिच झडप भएको छ । स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिले आयोजना गरेको प्रदर्शनमा झडप भएको हो ।

केहि दिन देखी प्रदर्शन गर्दै आएका प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको थियो।

झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ । अहिले उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ