काठमाडौं। तराई-मधेश जागरण अभियान अन्तर्गत मधेश प्रदेशमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कैलालीको टीकापुर आउँदै छन्।
माओवादी केन्द्र निकट थारू राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न भोलि (मङ्गलबार) प्रचण्डसहित माओवादी पदाधिकारी टिम टीकापुर आउन लागेको हो ।
भोलि मध्याह्न १२ बजे सम्मेलनको उद्घाटन गर्ने तय भएको थारू राष्ट्रिय मुक्ति मोर्चा कैलालीका अध्यक्ष तिलक चौधरीले जानकारी दिए। उनका अनुसार सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराइका २४ जिल्लाबाट करिब साढे सात सय जना प्रतिनिधि सहभागी हुनेछन् ।
उद्घाटन समारोहमा विभिन्न जिल्लाका थारू, राना थारू तथा कठरिया थारू समुदायको गीत, नृत्यलगायत कला, संस्कृति प्रस्तुत गरिने मोर्चाले जनाएको छ । सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल लगायतका पार्टी पदाधिकारी तथा नेताहरू सहभागी हुने जनाएको छ ।






लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी
९ बुँदे सहमतिपछि आन्दोलन रोकियो
सरकारको ज्यादती विरुद्ध माईतिघरमा प्रदर्शन (तस्विरहरु)
संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !