धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–३ मिलनचोक, डि.के. पेट्रोल पम्प नजिक र गोदावरी नगरपालिका–४ गोदावरीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ७६ हजार ५ सय बराबरको सामान बरामद गरिएको हो।
सुटपिस, साडी, सुर्ती, प्लाष्टिक झिल्ली, जेसिबीका बिभिन्न पार्टपुर्जा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका–९ मोतियाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख बराबरको सामान बरामद गरिएको छ। चिनी, नरिवल, सुर्ती, कुरकुरे, मोटरसाईकल थान–१ लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी
नियन्त्रणमा लिएको छ।






प्रकृतिको आराधनासँगै उभौली समापन
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
हावाहुरीले विद्यालयमा क्षति
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
बालेनलाई सिके राउतको चेतावनी
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित