पोखरा । कोटिहोमको भूमिपूजन रोक्न खोज्दा पोखरामा नगर प्रहरी र कोटीहोम सञ्चालकबीच भएको झडपमा १७ जना घाइते भएका छन्। लेकसाइडस्थित नेपाल ट्रष्टको जग्गामा शुक्रबार झडप भएको हो।
झडपमा परेर महानगरपालिकाका प्रहरी ८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्याम ओलियाले जानकारी दिए। उनका अनुसार कोटीहोम पक्षधर ९ जना घाइते भएका छन्।
घाइतेको सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पताल र पृथ्वीचोकको गण्डकी मेडिकल हस्पिटलमा उपचार भइरहेको छ। ‘घाइतेको अस्वस्था सामान्य छ। थप विवरण आउन बाँकी छ,’ उनले भने।
मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन। उच्च अदालत पोखराले अवरोध नगर्न आदेश जारी गरेको छ।






लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी
९ बुँदे सहमतिपछि आन्दोलन रोकियो
सरकारको ज्यादती विरुद्ध माईतिघरमा प्रदर्शन (तस्विरहरु)
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन