मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु


धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–१४ स्याउ बजारमा दुई मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका कैलारी गाउँपालिका–६ बस्ने ४० वर्षीय रुपलाल चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार राति से २ प ३५९० नम्बरको मोटरसाइकल र सु।प।प्र।०१–००१ प १४१९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियो । मृतक चौधरी से २ प ३५९० नम्बरको मोटरसाइकलका चालक हुन् ।

यस्तै, दुर्घटनामा अर्को मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–७ पटेलाका ३४ वर्षीय पञ्चराम चौधरी र सोही मोटरसाइकलमा सवार उनकी श्रीमती ३० वर्षीया हसिना चौधरी घाइते भएका छन् । उनीहरुको धनगढीकै नोभा असपतालमा उपचार भइरहेको छ ।

प्रदेश प्रहरी कार्यालयले सोही स्थनमा से २ प ७७४९ नम्बरको मोटरसाइकलसमेत पल्टिएको अबस्थामा फेला परेको हुँदा मोटरसाइकल चालक धनगढी–६ का ४० वर्षीय चेतराज भण्डारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ