धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–१४ स्याउ बजारमा दुई मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका कैलारी गाउँपालिका–६ बस्ने ४० वर्षीय रुपलाल चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
शनिबार राति से २ प ३५९० नम्बरको मोटरसाइकल र सु।प।प्र।०१–००१ प १४१९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियो । मृतक चौधरी से २ प ३५९० नम्बरको मोटरसाइकलका चालक हुन् ।
यस्तै, दुर्घटनामा अर्को मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–७ पटेलाका ३४ वर्षीय पञ्चराम चौधरी र सोही मोटरसाइकलमा सवार उनकी श्रीमती ३० वर्षीया हसिना चौधरी घाइते भएका छन् । उनीहरुको धनगढीकै नोभा असपतालमा उपचार भइरहेको छ ।
प्रदेश प्रहरी कार्यालयले सोही स्थनमा से २ प ७७४९ नम्बरको मोटरसाइकलसमेत पल्टिएको अबस्थामा फेला परेको हुँदा मोटरसाइकल चालक धनगढी–६ का ४० वर्षीय चेतराज भण्डारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।






मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
विभेद विरुद्ध सचेतना कार्यक्रम
बाजुरामा ३५ परिवार विस्थापित, भेडीगोठमा आगजनी
फिलिपिन्समा शक्तिशाली भूकम्प,एसियाली देशमा सुनामीको चेतावनी
रविले बोलाए सर्वदलीय बैठक
हरवाचरवा पुनर्स्थापनामा ढिलाइप्रति आक्रोश
आजदेखि निजामती अस्पतालको सेवा विस्तार