काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी आन्तरिक छलफलमा जुटेको छ ।
‘जनतासँग माओवादी, तराई(मधेश जागरण अभियान’ स्थगित गरेर संघीय राजधानी काठमाडौं केन्द्रित भएका माओवादी नेताहरू अनौपचारिक संवादमा जुटेका छन् ।
राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीति तय गर्नमा नेताहरू जुटेका हुन् ।
अनौपचारिक छलफलपछि औपचारिक छलफल राखेर निचोडमा पुगिने नेताहरू बताउँछन् । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ काठमाडौं आइपुग्न बाँकी रहेकाले पदाधिकारीको बैठक बस्ने समय तय भएको छैन । ‘आज बेलुकीसम्म पदाधिकारी बैठकको समय टुंगो लाग्छ । त्यसअघि शीर्ष नेताहरू अनौपचारिक आन्तरिक समीक्षामा छौं’, एक पदाधिकारीले भने ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार पार्टीको उपस्थिति काठमाडौंमा हुन आवश्यक रहेको महसुस भएकाले केही समयका लागि अभियान स्थगित हुन पुगेको बताउँछन् ।
उनका अनुसार सरकारको गतिविधि, राजवादीको गतिविधि र स्ववियु निर्वाचन नै प्रमुख कारण हुन् ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन आगामी चैत ५ गते हुँदैछ । राजवादीहरूले काठमाडौं केन्द्रित अभियान समेत गरिरहेका छन् ।
एकातिर राजवादीले गतिविधि बढाउनु र अर्कोतिर भारतले वर्तमान प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो नदिएको अवस्थामा कुनै राजनीतिक गतिविधि हुन सक्ने माओवादीको आशंका छ ।
‘केही न केही उटपट्याङ गर्ने प्रधानमन्त्रीजीको स्वभाव छ । भारतले भ्रमणमा समेत नबोलाएको र कांग्रेसभित्र सरकारबारे देखिएको असन्तुष्टिकाबीच प्रधानमन्त्रीले स्वभावजन्य गतिविधि केही न केही गर्न सक्नुहुन्छ जसले मुलुकलाई अहित गर्न पनि सक्छ’, उपाध्यायले आशंका व्यक्त गरे ।
तर, केही समयमै स्थगित अभियान पुनः सुरु गरिने पनि उनले बताए ।






‘संविधानप्रदत्त दलित अधिकार कार्यान्वयन कमजोर’
दुई अध्यादेश ल्याउँदै सरकार
फिल्म ‘लालीबजार’को प्रदर्शनमा रोक
टियुमा संयुक्त विद्यार्थी संंगठनको आन्दोलन
बढ्यो गर्मी, सुक्न थाले ताल
प्रकाश ज्वाला नेकपाको प्रवक्ता
नेकपा संयोजन समितिको बैठक बस्दै
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
आङ्देम्बे सर्वसम्मत कांग्रेस संसदीय दलको नेता