मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित


काठमाडौं । सरकारका मन्त्री कोही पनि उपस्थित नभएपछि संसद बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

संसद बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सरकारको प्रतिनिधिको रुपमा कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरेका थिए । उनले सरकारले सदनलाई र जनप्रतिनिधिहरुलाई हेपिरहेको टिप्पणीसमेत गरे ।

त्यसपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरेका हुन् ।

संसद बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । एकजना पनि मन्त्री उपस्थित नभए संसद बैठक नबस्ने नियमावलीमा व्यवस्था छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ