बझाङका भूकम्पपीडितले अझै पाएनन् दोस्रो किस्ता


बझाङ । बझाङका भूकम्पपीडितले अझै पनि दोस्रो किस्ता पाएका छैनन् ।

जिल्लाको बुङ्गल नगरपालिकाका भूकम्प प्रभावित परिवारले अस्थायी आवास निर्माणको दोस्रो किस्ताको रकम अझै पाउन नसकेको गुनासो गरेका हुन् ।

गत वर्ष वैशाखमा नगरपालिकाले भूकम्प प्रभावित १८७ घरपरिवारलाई पहिलो किस्ताका रूपमा प्रतिपरिवार २५ हजार रुपियाँ उपलब्ध गराएको थियो ।

अस्थायी आवास निर्माण गरेपछि दोस्रो किस्ता उपलब्ध गराउने भनिए पनि १७ महिना बितिसक्दासमेत पीडितले उक्त रकम पाएका छैनन् ।

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ