काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जीपमा सवार अन्य छ जना घाइते भएका छन्। डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताए। राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
शनिबार बैतडीको पाटन–६ स्थित खिपालीमा जीप दुर्घटना भएको हो। दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीय उद्धारमा खटिएका थिए। जीप सडकबाट करिब १०० मिटर तल भिरमा थामिएको छ।






मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
विभेद विरुद्ध सचेतना कार्यक्रम
बाजुरामा ३५ परिवार विस्थापित, भेडीगोठमा आगजनी
फिलिपिन्समा शक्तिशाली भूकम्प,एसियाली देशमा सुनामीको चेतावनी
रविले बोलाए सर्वदलीय बैठक
हरवाचरवा पुनर्स्थापनामा ढिलाइप्रति आक्रोश
आजदेखि निजामती अस्पतालको सेवा विस्तार