काठमाडौँ । गायक रामकृष्ण ढकालले सामाजिक सञ्जाल मार्फत अभद्र र अपमानजनक विभिन्न टिप्पणी गर्नेहरूलाई सार्वजनिक गरेका छन् । मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै अभद्र टिप्पणी गर्नेहरूलाई सार्वजनिक गरेका हुन् ।
‘आज म कलाकार भएर ताली र गाली दुवै पचाउँदै आउने क्रममा भएको अत्याचारको पराकाष्ठाको केही नमुना सार्वजनिक गर्दैछु,उनले लेखेका छन्, अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान । सामाजिक सञ्जालमा नक्कली नाममा फेक आइडी बनाएर आफूलाई पानीमाथिको ओभानो बनाउँछु, मलाई भेटाउनै सक्दैनन् भन्ने भ्रम छ भने कृपया हटाई हाल्नुहोस् । तपाईँहरू जस्ता अपराधीलाई कठघरामा उभ्याउन र अपराध कर्मलाई जरैबाट उखेल्न नै साइबर ब्युरोको जन्म भएको हो ।
उनले आफूले सार्वजनिक गरेका केही आइडीहरू प्रहरीको कारबाहीको दायरमा र केही खोजीमा रहेको समेत बताएका छन् । यसअघि गायिका एलिना चौहान र समीक्षा अधिकारीले पनि अभद्र टिप्पणी गर्नेहरूलाई सार्वजनिक गर्दै आएका छन् ।






राष्ट्रपतिबाट थप ३ अध्यादेश जारी
बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने
सरकारका गलत कामको विरोधमा उत्रिन हर्क साम्पाङको निर्देशन
धरानमा सुकुमबासीको प्रदर्शनमा दलहरूको समर्थन
बरु बाढीबाट बच्न सकियो तर सरकारबाट बच्न सकिएन !
राज्यको डोजर आतंकले ‘हार स्वीकारेका’ सुकुमबासी !
सुकुम्बासीलाई कहाँ-कहाँ राखिँदैछ ?