विराटनगर। काठमाडौँका र भक्तपुरका खोला किनारका सुकुमबासी बस्ती हटाइएको विरोधमा सुनसरीको धरानमा प्रदर्शन गरिएको छ।
धरानको छाता चोकबाट सुरु भएको र्याली बजार परिक्रमा गरिएको थियो। नेपाल बसोबास बस्ती संरक्षण समाज र बस्ती रक्षा संरक्षण परिचालन समितिको अगुवाइमा भएको प्रदर्शनमा सुकुमबासीहरूले उचित पुनर्वास बिना डोजर चलाइएको भन्दै विरोध जनाएका छन्।
प्रदर्शनमा सहभागीहरूले संविधानले सुनिश्चित गरेको आवासको हक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले सुकुमबासीमाथि अमानवीय व्यवहार भएको आरोप लगाउँदै तत्काल दमन रोक्न आग्रह गरे।
प्रदर्शनमा हजारौँ सुकुमबासीको सहभागिता रहेको थियो भने धरानका विभिन्न राजनीतिक दलहरूले पनि ऐक्यबद्धता जनाएका छन्।
तस्बिर : नेपालप्रेसबाट






कृषि बधुवा मजदुरको पुनःस्थापनाका लागि सरकारलाइ दबाब
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छ : वर्षमान पुन
अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी संसद्मा पत्रकारलाई दुःख नदिइयोस् : खगेन्द्र सुनार
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस् : अर्जुन नरसिंह केसी
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित