काठमाडौं-शक्तिको दुरुपयोग गरी कानुन विपरित विवाहित जोडीलाई पक्राउ गर्ने र यातना दिने अधिकारीमाथि गम्भीर अनुसन्धान गरी कानुनी कारवाही गर्न राष्ट्रिय दलित आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
विहिबार दलित आयोगमा नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरसँग जानकारी लिएपछि जारी गरिएको प्रेस नोटमा ४ बुँदे निर्देशन दिदै कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको हो ।
आयोग प्रवक्ता सुन्दर पुर्कटीबाट जारी गरिएको प्रेस नोटमा भनिएको छ,‘ सत्येन्द्र–नेहाको अन्तरजातीय विवाहलाई जातीयताका आधारमा अस्वीकार गर्ने, विवाहित जोडीलाई छुटाउन खोज्ने र वाल विवाह तथा अन्य गलत मुद्धा लगाउने व्यक्ति तथा शक्तिको दुरुपयोग गरी कानुन विपरित विवाहित जोडीलाई पक्राउ गर्ने र यातना दिने अधिकारीमाथि गम्भीर अनुसन्धान गरी कानुनी कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।’
आयोगबाट जारी प्रेस नोट








६० दिनदेखि माईतीघरमा दीपाको सत्याग्रह, देखेन बालेन सरकारले
निर्वाचन प्रहरीको बन्दोबस्ती सामग्री खरिद विवाद : एउटै प्रक्रिया, तर प्रश्नको घेरामा नेपाल प्रहरी मात्रै किन ?
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
परराष्ट्रमन्त्री खनाल बेइजिङमा