काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रुद्रप्रसाद फुयाललाई साधारण तारेखमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।
न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले प्रबन्ध निर्देशक फुयाललाई साधारण तारेखमा राख्ने आदेश जारी गरेको हो । विशेषमा उनी आजै हाजिर भएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी (दिवंगत), रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
विमानस्थल चीनको ऋण सहयोगमा बनाइएको राष्ट्रिय गौरवको आयोजना हो ।






राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
जाँचबुझ आयोगको प्रतिवेदनमा के छ ?
प्रेम आलेसहित कैलाली–५ का उम्मेदवार खुल्ला बहसमा
‘खुला बहस छाेडेर हिँडे’ यज्ञराज ढुंगाना
‘पदम विश्वकर्मा : जनयुद्धले जन्माएको वैचारिक नेता’
‘प्रेम आलेलाई मतदाताले दिए जिताउने बचन’
कैलाली–५ मा ‘प्रेम आले’को बढ्दो चर्चा