काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटको आकार घटाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको कुल बजेटको तुलनामा खर्च हुन नसक्ने देखिएपछि बजेटको आकार घटाएर ८५.९६ प्रतिशतमा सीमित गरिएको मन्त्रालयले जनाएको छ ।
तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरूमा १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँको बजेट विनियोजन गरेका थिए । अर्धवार्षिक समीक्षामार्फत यसलाई घटाएर १६ खर्ब ८८ अर्ब ३२ करोड रूपैयाँ कायम गरिएको छ । यो सुरु विनियोजनको तुलनामा करिब २ खर्ब ७५ अर्ब रूपैयाँले कम हो ।
प्रतिवेदनअनुसार पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब २१ करोड रूपैयाँ मात्र खर्च भएको छ, जुन कुल बजेटको ३५.१४ प्रतिशत मात्र हो । यस अवधिमा पुँजीगततर्फ विनियोजित ४ खर्ब ७ अर्ब ८८ करोडमध्ये जम्मा ४९ अर्ब ४२ करोड मात्र खर्च भएको छ ।
अर्थ मन्त्रालयले पुँजीगत खर्च न्यून हुनुमा आयोजनाको पूर्वतयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको उपयोगमा रहेका जटिलता तथा भदौ २३ र २४ गते भएको आन्दोलनका कारण भौतिक संरचनामा पुगेको क्षतिलाई मुख्य कारण मानेको छ ।
सरकारले राजस्व संकलनको लक्ष्यमा पनि संशोधन गरेको छ । चालू वर्ष १४ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा पुस मसान्तसम्म ५ खर्ब ८१ अर्ब ४० करोड (८१.७५ प्रतिशत अर्धवार्षिक लक्ष्य) मात्र संकलन भएको छ । राजस्व संकलनमा देखिएको संकूचनका कारण वार्षिक लक्ष्य घटाएर १२ खर्ब ९८ अर्ब ९ करोड कायम गरिएको छ ।
२ खर्ब ८७ अर्ब वैदेशिक सहायता परिचालन गर्ने अनुमान गरिएकोमा ६ महिनामा जम्मा ६१ अर्ब ७ करोड (२१.२७ प्रतिशत) मात्र प्राप्त भएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले प्रतिवेदनमार्फत स्रोतको सीमितता र आन्तरिक असहज परिस्थितिका बीच पनि वित्तीय अनुशासन कायम राख्न बजेट संशोधन गर्नुपरेको बताएका छन् ।
सरकारले अबका दिनमा अनुत्पादक खर्च कटौती गर्ने, रुग्ण आयोजनालाई स्थगित गर्ने र रणनीतिक महत्त्वका आयोजनामा मात्र स्रोत केन्द्रित गर्ने नीति लिएको खनालले बताए ।
बजेटले चालू आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको भए पनि अर्धवार्षिक समीक्षाले यसलाई संशोधन गर्दै ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।
https://samatapost.com/wp-content/uploads/2026/02/MOF-Mid-Term-Inside-2082-83-Book-for-WEB-1.pdf






धनुषा–१ मा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
प्रेम आलेसहित कैलाली–५ का उम्मेदवार खुल्ला बहसमा
‘खुला बहस छाेडेर हिँडे’ यज्ञराज ढुंगाना
‘पदम विश्वकर्मा : जनयुद्धले जन्माएको वैचारिक नेता’
‘प्रेम आलेलाई मतदाताले दिए जिताउने बचन’
कैलाली–५ मा ‘प्रेम आले’को बढ्दो चर्चा