गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ । संशोधित नागरिकतासम्बन्धी कानुनअनुसार रेसुङ्गा नगरपालिका-१० निवासी जमुना बस्नेतका छोरा सुरज लेप्चाले अंगीकृत नागरिकता प्राप्त गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार नेपाली मुलकी महिलाले विदेशी नागरिकसँग विवाह गरेपछि जन्मिएका छोरा-छोरीलाई अंगीकृत नागरिकता प्रदान गर्ने नयाँ कानुनी व्यवस्था कार्यान्वयनमा आएपछि गुल्मी जिल्लाबाट पहिलोपटक नागरिकता वितरण गरिएको हो ।
कानुन संशोधनपछि प्रमुख जिल्ला अधिकारीमार्फत नै अंगीकृत नागरिकता प्रदान गर्न सकिने व्यवस्था भएपछि यो प्रक्रिया अघि बढाइएको हो ।
नागरिकता प्राप्त गरेका सुरज लेप्चा नेपाली आमाबाट जन्मिएका भए पनि उनका पिता विदेशी नागरिक भएकाले यसअघि नागरिकता पाउन कठिनाइ हुँदै आएको थियो ।
पछिल्लो कानुनी संशोधनले यस्ता परिवारका सन्तानलाई नागरिकताको अधिकार सुनिश्चित गरेपछि उनी नागरिकता प्राप्त गर्न सफल भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी गैरेले संविधानले प्रत्याभूत गरेको नागरिकताको हक कार्यान्वयनतर्फ यो महत्वपूर्ण कदम भएको बताए । नयाँ कानुनी व्यवस्था अनुसार योग्य व्यक्तिलाई नागरिकता प्रदान गर्ने प्रक्रिया सुरु गरिएको उनको भनाइ छ ।
यसले लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेका धेरै युवालाई राहत मिल्नेछ । नागरिकता नपाएर शिक्षा, रोजगारी, बैंकिङ सेवा लगायतका आधारभूत अधिकारबाट वञ्चित हुनुपरेका व्यक्तिहरूका लागि यो व्यवस्थाले सहज भएको छ ।






गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
गणेशलाई न्याय दिलाउन नेपाल दलित संघकाे माग
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
कविता : सरकार मलाई पनि जलाएर मार !
कविता : आगोको प्रश्न
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन