बंगलादेश । विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरेको १८ महिनापछि बंगलादेशमा आज निर्वाचन भइरहेको छ । बिहीबार बिहानदेखि देशभरि मतदान शुरू भएको हो ।
देशभरिका ४२ हजार ७७९ मतदान केन्द्रमा बिहान साढे ७ बजेदेखि मतदान शुरू भएको बीबीसी बंगलाले जनाएको छ । त्यहाँको निर्वाचन आयोगका अनुसार मतदानको समय अपराह्न साढे ४ बजेसम्मका लागि तोकिएको छ । मतदानका लागि १२ करोड ७७ लाख मतदाता रहेका छन् ।
संसद्को प्रतिनिधि छनोटसँगै जुलाई नेशनल चार्टरसम्बन्धी जनमतसंग्रहमा पनि मतदान भइरहेको छ । चुनावी मैदानमा ५० दलका १ हजार ७५५ जना उम्मेदवार छन् । त्यस्तै २७३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रतिनिधि सभाका कुल ३०० सिटमध्ये २९९ सिटमा निर्वाचन हुन लागेको हो । एक उम्मेदवारको निधन भएपछि शेर्पुर–३ निर्वाचन क्षेत्रको मतदान स्थगित गरिएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि देशभर करिब १० लाख सुरक्षाकर्मी परिचालन गरिएको डेली स्टारले जनाएको छ । जसमध्ये १ लाख ३ जना सेना, ५ हजार नौसेना, ३ हजार ७३० वायुसेना, ३७ हजार ४५३ बोर्डर गार्ड बंगलादेश, ३ हजार ५८५ कोस्ट गार्ड, १ लाख ८७ हजार ६०३ प्रहरी, ९ हजार ३४९ र्यापिड एक्शन बटालियन, ५ लाख ७६ हजार ४८३ अन्सार तथा भीडीपी, १ हजार ९२२ बीएनसीसी क्याडेट तथा ४५ हजार ८२० चौकीदार र दफादार रहेका छन् ।
यसपालिको निर्वाचनमा मुख्यतः तारिक रहमान नेतृत्वको बीएनपी र जमात–ए–इस्लामी नेतृत्वका दुई प्रमुख गठबन्धनबीच प्रतिस्पर्धात्मक बनेको छ । कम्तीमा १ हजार ४०० जनाको ज्यान जाने गरी भएको दमनकारी कारबाहीमा संलग्न रहेको आरोपमा अवामी लिगलाई यस निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ ।






मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
सुकुमबासीले गरे माइतीघरमा प्रदर्शन
‘लालिबजार’ रोक्न सर्वोच्च पुगेकी रोशनी वादी प्रहरी नियन्त्रणमा
संसदमा प्रधानमन्त्रीको उपस्थिती नभएपछि बैठक बहिष्कार गरेका हौँ : हर्क साम्पाङ
सुकुमबासी हटाएको विरोधमा आन्दोलन घोषणा
१० बुँदे घाेषणा पत्र जारी गर्दै पारालिगल तालिम सम्पन्न
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
बालेनलाई सिके राउतको चेतावनी
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ : अर्थमन्त्री
बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने