कैलाली-३ का उम्मेदवार ‘विरमान चौधरी’ को हुन् ?


कैलाली : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता विरमान चौधरी कैलालीबाट प्रतिनिधि सभाका उम्मेदवार छन् । उनी कैलाली निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार हुन्।
को हुन् विरमान चौधरी ?
वि.सं. २०३० साउन २६ गते बुवा मग्रु डगौरा थारु र आमा कल्सि डगौरा थारुको कोखबाट चार दाजुभाइ मध्य माहिलाे सन्तानको रुपमा विरमान चौधरीको जन्म भएको हो। बाबु किसान भएकाले विरमानको सामान्य गरिव किसान परिवारमा जन्म भएकाे हाे ।

कैलाली जिल्लाकाे कैलाली गाउँपालिका-५ पवेराका स्थायी बासिन्दा विरमानको सरु कुस्मिसँग ०५९ जेठ १ गते जनबादी विवाह भएको हो । सरु जनमुक्ति सेना हुन् । उनीहरूका एक छोरा एक छाेरी छन्।

२०५० सालमा विरमान चौधरीले अखिल भारत नेपाली एकता समाजबाट राजनिती सुरु गरेका हुन् । उनले २०५० भदौ २२ गते नेकपा माओबादी पार्टीको सदस्यता लिएका हुन्।

उनी २०६४ मा संविधान सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए भने २०७४ मा सुदुरपश्चिम प्रदेश सभाका प्रत्यक्ष निर्वाचित भएका हुन्। बैचारिक नेताकाे पहिचान बनाएका विरमान अहिले  पुनः कैलाली-३ बाटै प्रतिनिधि सभाका उम्मेदवार छन्।
संक्षिप्तमा विरमानको राजनीतिक जीवनी :
२०५० सालमा प्रवास सेल कमिटि सदस्य
२०५२ सालमा प्रवास सेल कमिटि सेक्रेटरी
२०५३ सालमा प्रवास एरिया कमिटि सदस्य
२०५३ सालमा युवा संघकाे प्रवास जम्बु जिल्ला अध्यक्ष
२०५५ सालमा प्रवासबाट पूर्णकालिन भुमिगत राजनिती सुरु
२०५६ सालमा कंचनपुर जिल्ला एरिया कमिटि सेक्रेटरी
२०५७ सालमा डाेटी,कंचनपुर,बर्दिया जिल्ला कमिटि सदस्य
२०५७ सालमा बझाङ जिल्ला कमिटि सदस्य
२०५७ चैत्र देखि २०५९ पुषसम्म बझाङमा जिल्ला कमिटि सचिवालय सदस्य
२०५९ सालमा कंचनपुर जिल्ला कमिटि सचिवालय सदस्य
२०६० सालमा कंचनपुर जिल्ला कमिटि सेक्रेटरी
२०६१ सालमा भदौ देखि जनमुक्ति सेनाकाे कम्पनि कमिसार एवं क्षेत्रीय ब्युराे सदस्य
२०६१ सालमा जनमुक्ति सेनाकाे बटालियन कमिसार
२०६३ सालमा कंचनपुर जिल्ला वाईसीएल अध्यक्ष
२०६३ सालमा कैलाली जिल्ला सेक्रेटरी एवं थारुवान राज्यकाे संस्थापक
२०६४ सालमा कैलाली जिल्ला सह ईन्चार्ज
२०६६ सालमा थाारुवान राज्य समिति सचिवालय सदस्य
२०७१ सालमा नेकपा माओबादी केन्द्रीय समिति सदस्य
२०७२ सालमा पाेलिट ब्युराे सदस्य
२०७४ सालमा नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे केन्द्रीय सदस्य
२०६७ सालमा नेकपा माओबादी केन्द्रीय समिति सदस्य
हाल नेपाली कम्युनिस्ट पार्टीकाे केन्द्रीय समिति सदस्य

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ