मुस्ताङ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मुस्ताङमा मतदाता शिक्षा विशेष कार्यक्रम सुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यालयले पाँच वटै स्थानीय तहका वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवकलाई तालिमसहित आवश्यक सामग्री दिएपछि स्वंयमसेवक बस्ती र घरदैलोमै पुगेर मतदातालाई प्रत्यक्ष रूपमा सिकाउने छन् ।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङकी सूचना अधिकारी लक्ष्मी अधिकारीले स्थानीय तहबाट खटिएका मतदाता शिक्षा अनुगमनकर्तामार्फत पालिकास्तरमा तालिम दिएपछि मतदाता शिक्षाका लागि खटिएको बताए।
जिल्ला निर्वाचन कार्यालयले थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका २५ वटै वडामा बालविकास सहजकर्ता, महिला स्वास्थ्य स्वयंसेविक, सामुदायिक सेवा केन्द्रका परिचालक गरी २५ जना मतदाता स्वंयमसेवक रहेका छन् ।
मतपत्रमा स्वस्तिक छाप लगाउने, मत बदर नहुने गरी पट्याएर मतपेटिकामा राख्ने लगायत मतदान केन्द्रभित्र मतदाताका हरेक गतिविधिलाई प्रयोगात्मक अभ्यास सहित मतदानको महत्त्वकाबारेमा समेत जानकारी दिने निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता शिक्षा स्वयंमसेवकले घरदैलो र समुदायस्तरमा पुगेर मतदातालाई मतदान कार्यक्रममा मतदानको दिनमा हुने सबैखाले गतिविधिका बारेमा जानकारी गराइने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताए ।
विगतमा मतदाता शिक्षा अभियान प्रभावकारी नभएको र सिकाउनेहरु निष्पक्ष नहुँदा समस्या भएको गुनासो समेत आउने गरेकोमा निर्वाचनमा अनुगनलाई विशेष प्राथमिकता दिइएको निर्वाचन अधिकारी ज्ञवालीको भनाइ छ । निर्वाचन अधिकारी ज्ञवालीले भने, ‘‘मतदात शिक्षाले निर्वाचनमा सहभागिता बढाउनुका साथै बदर मतको सङ्ख्या घटाउँछ ।’’
मतदाता शिक्षामा नामावली रुजु गर्नेदेखि लिएर मत खसालेर बाहिर निस्किनेसम्मको मतदाताले गर्नुपर्ने सबै सिकाउने गरिन्छ । वि।सं २०७९ सालमा सम्पन्न प्रतिनिधि निर्वाचनमा १० हजार चार सय ८७ मतदाता रहेकोमा सात हजार दुई सय ५९ मत खसेको थियो भने प्रत्यक्षतर्फ ८७ मत र समानुपातिकतर्फ २ मत बदर भएको थियो । मुस्ताङमा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ मतदाता रहेका छन् ।
मुस्ताङमा बदर मत घटाउन मतदाता स्वयंमसेवकले घरदैलोमा पुगेर मतदातालाई सिकाउँदै । चिसोका कारण सुनसान बस्तीहरूमा विस्तारै चहलपहल बढ्न थालेको छ ।






धनुषा–१ मा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
प्रेम आलेसहित कैलाली–५ का उम्मेदवार खुल्ला बहसमा
‘खुला बहस छाेडेर हिँडे’ यज्ञराज ढुंगाना
‘पदम विश्वकर्मा : जनयुद्धले जन्माएको वैचारिक नेता’
‘प्रेम आलेलाई मतदाताले दिए जिताउने बचन’
कैलाली–५ मा ‘प्रेम आले’को बढ्दो चर्चा