‘विरमान चौधरी जनयुद्धले जन्माएकाे नेता’


काठमाडौं : कैलालीका विरमान चौधरी केवल नेता होइनन्, उनी जनताको आवाज, जनताको भरोसा र जनताको आशा हुन्।

थारु समुदायबाट आएपनी उनले कहिल्यै जातीय सीमा वा वर्गभेदलाई आफ्नो राजनीतिमा स्थान दिएका छैनन्।

उनी सबै जाति, वर्ग र समुदायका साझा पात्र बनेका छन्, जसले सबैको कल्याण र समान अवसरका लागि काम गर्छन्।

जनयुद्धको कठिनतम समयदेखि उनीले आफ्नो राजनीतिक यात्रा सुरु गरे, त्यतिबेला जहाँ साहस र इमानदारीले मात्र टिक्न सक्थ्यो। त्यतिबेला उनका कदम कठिनाइ र चुनौतीले भरिएका थिए, तर उनले कहिल्यै डर मानेनन्।

साधारण किसान परिवारमा जन्मेका विरमानको जीवनशैली जस्तै सरल, पारदर्शी र इमानदार छ। उनी सधैं जनताका बीचमा रहन रुचाउँछन्, बडप्पन वा विलासितामा होइन।

विरमान चौधरी इमानको राजनीतिमा विश्वास गर्छन्। उनी कहिल्यै विवादमा आएनन्, कहिल्यै स्वार्थको राजनीति गरेनन्। जनताको हरेक सुख–दुखमा उनी आफैं उपस्थित हुन्छन् ।

मोटरसाइकलमा चढेर गाउँ–गाउँ पुग्ने, हरेक घरमा जनताको पीडा सुन्ने, र प्रत्येक समस्यामा समाधान खोज्ने। उनका कदममा जनताको विश्वास छ, उनका आँखामा इमानदारी छ, र उनका हातमा सेवा गर्ने आत्मा छ।

कैलाली-३ का मतदाताहरू यसपटक न्याय गर्नु अब केवल अवसर होइन, जनताको हक र दायित्व हो।

आफ्नो इमानदार, साहसी र सरल नेता विरमान चौधरीलाई मौका दिनुहोस्, ताकि हाम्रो क्षेत्रको विकास, पारदर्शिता र समानताको सपना साकार होस्।

उनी वर्तमानका चुनौतीहरू सामना गर्न सक्षम छन्,र हाम्रो भविष्यको आशा र उज्यालो निर्माण गर्ने पात्र पनि हुन्।

अबको निर्वाचनमा हामीले छान्नुपर्ने व्यक्ति केवल एक नेता होइन, जनताको साँचो साथी, जनताको साँचो प्रतिनिधि हो,विरमान चौधरी।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ