भोजपुर । जिल्लाका अधिकांश परिवारको आर्थिक आम्दानीको मुख्य आधार वैदेशिक रोजगारी बन्दै आएको छ । वैदेशिक रोजगारबाट प्राप्त आयले यहाँका परिवारको दैनिकी सहज बने पनि आवश्यक जानकारी र सावधानी नअपनाउँदा कतिपय श्रमिक ठगी तथा शोषणमा पर्ने गरेका छन् ।
यही अवस्थालाई मध्यनजर गर्दै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउने उद्देश्यले वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनस्तरसम्म सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ । कार्यक्रममार्फत वैदेशिक रोजगारीसम्बन्धी जोखिम न्यूनीकरण र सुरक्षित आप्रवासनका विषयमा जानकारी दिँदै आएको हो ।
सामीका भोजपुर जिल्ला कार्यक्रम संयोजक कर्ण पुलामीमगरका अनुसार वैदेशिक रोजगारीलाई सुरक्षित र जोखिममुक्त बनाउन जनस्तरमा सचेतना फैलाउने कार्य प्रभावकारी बन्दै गएको छ । “वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने ।
कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत केन्द्रमार्फत वैदेशिक रोजगारीसम्बन्धी परामर्श सेवा प्रदान गरिनुका साथै ठगीमा परेका व्यक्तिलाई निःशुल्क कानुनी सेवाका लागि सहजीकरण गरिँदै आएको छ । साथै वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका वा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्ति प्राप्तिका लागि आवश्यक पहलसमेत गरिँदै आएको छ ।
त्यसैगरी विप्रेषणलाई आयमूलक क्षेत्रमा सदुपयोग गर्न वित्तीय साक्षरता कार्यक्रम, मनोसामाजिक परामर्श कक्षा तथा क्षमता अभिवृद्धिका गतिविधि सञ्चालन हुँदै आएको सामी भोजपुरले जनाएको छ ।






कृषि बधुवा मजदुरको पुनःस्थापनाका लागि सरकारलाइ दबाब
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छ : वर्षमान पुन
अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी संसद्मा पत्रकारलाई दुःख नदिइयोस् : खगेन्द्र सुनार
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस् : अर्जुन नरसिंह केसी
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित