काठमाडौं । आर्थिक लेनदेनको विषयमा जडिबुटी व्यापारीलाई अपहरण गरी बन्धक बनाइएको घटना सार्वजनिक भएसँगै प्रहरीले होटल सञ्चालक र एक स्वास्थ्यकर्मीसहित तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर १२, टेकुस्थित ‘रोडलाइन प्यालस होटल’बाट अपहरणमा परेका व्यापारीलाई उद्धार गरेको हो ।
प्रहरीका अनुसार उक्त होटलको कोठा नम्बर १०५ मा जडिबुटीको व्यापार गर्दै आएका पूर्णबहादुर बोहरालाई बन्धक बनाएर राखिएको थियो । अपहरणकारीले बोहरालाई केही दिनदेखि सोही कोठामा थुनेर कुटपिटसमेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले सोमबार तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा घटना भएको होटलकै सञ्चालक कास्कीका शिवबहादुर घर्ती, जुम्लाका धनराज बस्नेत र सुर्खेत घर भई हाल कलंकी बस्ने फपेन्द्र न्यौपाने रहेका छन् । पक्राउ परेकामध्ये न्यौपाने टेकुस्थित एक अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट)रहेको जानकारी प्रहरीले दिएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार आपसी लेनदेनको विवादका कारण बोहरालाई अपहरण गरी होटलमा बन्धक बनाएर शारीरिक यातना दिइएको थियो । पक्राउ परेका तीनै जनामाथि आवश्यक सोधपुछ भइरहेको र थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।






कृषि बधुवा मजदुरको पुनःस्थापनाका लागि सरकारलाइ दबाब
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छ : वर्षमान पुन
अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी संसद्मा पत्रकारलाई दुःख नदिइयोस् : खगेन्द्र सुनार
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस् : अर्जुन नरसिंह केसी
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित