‘खामेनी साम्राज्यवादसँग झुकेनन्, लडे र मरे’


काठमाडौं : इरानमा खामेनीको शासन सत्ता स्वर्णिम र न्यायिक थियो भन्ने होइन । तर साम्राज्यवादी दादागिरीले अरूको राष्ट्रको आन्तरिक मामलामा हस्तक्षेप गर्नु र स्वघोषित “न्यायदाता” बनेर फिर्नु युद्धको ऐलान गर्नु र विश्वलाई दङ्गामा धकेल्नु अमानवीय गैरकानुनी गैरन्यायिक कर्तुत हो ।

भेनेजुएलाका राष्ट्रपतिको गैर कानुनी अपहरण पछि अमेरिकी दादागिरीले इरानमा आक्रमण गरी हत्याको शृङ्खला मच्चाएर खामेनीको हत्या गरेको छ । संसारभरि अरूको स्वाधीनता खोस्दै त्यहाँको सम्पत्ति ,तेल ,खनिज कब्जा गर्न सबैलाई “कि झुक कि मर” भन्ने उदाहरण पेस गरिरहेको छ ।

कतिपय नेपालीहरूले अमेरिकालाई न्यायदाता मान्दै खामेनीको मृत्युको उत्सव मनाइ युद्धलाई समर्थन गरेको पनि देखियो । तर अमेरिकाले छेडेको यो युद्ध इरानमा मात्र सीमित छैन मध्यपूर्वलाई युद्धको अखडा बनाइरहेको छ । नबिर्सौँ त्यहाँ नेपालको ठुलो जनसङ्ख्या रोजीरोटीको निम्ति उपस्थित छ ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी अमेरिका अघि झुक्न तयार भएनन् र साम्राज्यवादको “कि झुक कि मर” निति अन्तर्गत लड्दा लड्दै मर्न स्वीकार गरे ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ